राजविराजका दुई अस्पताल बन्द गर्न निर्देशन
जनकपुर । मधेसका मुख्यमन्त्री सतिस सिंहले आज सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरूमा अनुगमन गरेका छन् ।
राजविराजका ७ वटा निजी अस्पतालहरूमा मुख्यमन्त्री सिंहले अनुगमन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
अनुगमन गरेका ७ वटा अस्पतालमध्ये दुई वटा अस्पताल नियम विपरीत सञ्चालन गरेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
नियमविपरीत सञ्चालन गरेको भेटिएपछि मुख्यमन्त्री सिंहले ती दुवै अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएको जनाइएको छ । जसमा प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर रहेका छन् ।
यसैगरी स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति पत्र प्राप्त गरेको भएता पनि मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।
सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ ।
यसैगरी दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक भेटिए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण