प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
सोमबार, ०४ चैत २०८१, ०१ : २१
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई हराएको छ । आइतबार राती भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको हो ।
घरेलु मैदानमा आर्सनललाई जिताउन मिकेल मेरिनोले निर्णायक गोल गरे । यो जितपछि आर्सनलको २९ खेलबाट ५८ अंक भएको छ । उ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको लिभरपुलको ७० अंक छ । चौथो स्थानमा रहेको चेल्सीको भने ४९ अंक छ ।
यस्तै, लिगको अर्को खेलमा फुलहमले टोटनह्याम हट्स्परलाई २-० ले हरायो । होम टाउनमा फुलहमलाई जिताउन रोड्रिगो मुनिज र रयान ससेग्ननले एक–एक गोल गरे । यो जितपछि फुलहम अंक तालिकाको आठौं स्थानमा पुगेको छ भने टोटनह्याम १४ औं नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण