दोस्रो जितको खोजीमा रहेको सुदूरपश्चिमले लुम्बिनी प्रदेशबाट पायो ११७ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार जारी खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ४४.१ ओभरमा अलआउट हुनुअघि एक सय १६ रन बनाएको हो । यसअघिका खेलमा गतिलो प्रदर्शन गरे पनि सुदूरपश्चिम प्रदेशविरुद्ध लुम्बिनीका ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।
लुम्बिनी प्रदेशका केवल दुई ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देव खनालले ४१ रनको योगदान गरे ।
अघिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि कप्तान देवले जिम्मेवारीपूर्वक ब्याटिङ गरे । उनले ७१ बलको सामना गरी चार चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान प्रज्ज्वल थापाले टोलीको खातामा ३० रन थपे ।
विकेटकिपर ब्याट्सम्यान प्रज्ज्वलले ५७ बलमा तीन चौका पनि प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले चार विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै केवल २६ रन खर्चिए । सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले पनि दुई–दुई विकेट हात पारे ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश दुबैले आफ्नो छैटौँ खेल खेलेका हुन् । यसअघि आफूले खेलेको पाँचमध्ये चार खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो । लुम्बिनी प्रदेश एक खेलमा पराजित भएको थियो । सुदूरपश्चिम प्रदेशले भने हालसम्म एक खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण