संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : सेना
काठमाडौँ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ ।
सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ ।
अनुरोधपत्रमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना सम्प्रेषण भएसँगै सेनाले मुख खोलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण