२ हजार ५०७ जनालाई १३ करोड २८ लाख रकम बाँडिँदै
विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ ।
कडा रोग लागेका विपन्न नागरिकहरूलाई औषधी उपचार बापत आर्थिक सहायता दिनेगरी शनिवारदेखि सो रकम उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
यसरी आर्थिक सहायता प्राप्त गर्नेको सङ्ख्या २ हजार ५ सय ५६ जना रहेको छ । जसमा क्यान्सर रोग लागेका १ हजार ५ सय ७ जना, मिर्गौला रोग लागेका ५ सय ३६, मिर्गौला प्रत्यारोपण गरेका ८५ जना, मुटु रोगी ३ सय ३१ जना, कलेजो रोगी १५ जना, थालासिमिया ३ जना, पार्किन्सन ७ जना, फोक्सोका बिरामी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्क घातका १ जना रोगी रहेका छन् । उनीहरूलाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ बाँडिने मन्त्री राईले जनाए ।
सहायता प्राप्त गर्न निवेदन दिएका बिरामी वा उनका आफन्तले मन्त्रालयमा सम्पर्क गरी उक्त आर्थिक सहायता लिनसक्ने मन्त्री राईले बताए ।
प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरुलाई उपचार सहुलियत दिन भन्दै ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यद्यपि निवेदन धेरै परेको कारण थप रकम रकमान्तर गरेर दिन लागिएको हो ।
यद्यपि यसअघि दिने भनिएको रकमको ५० प्रतिशत मात्रै दिन लागिएको मन्त्री राईले बताए । निवेदनमा माग भएजति शतप्रतिशत रकम दिन स्रोत अभाव भएको भन्दै ५० प्रतिशत घटाएर रकम उपलब्ध गराउन कार्यविधि नै संशोधन गरिएको हो । सरकारले हाललाई भने कडा रोग लागेका बिरामीको उपचारका लागि दिने सहुलियतको निवेदन लिन छोडेको छ ।
प्रदेशको आर्थिक अवस्था र क्षमताले थाम्न नसक्ने भएपछि कार्यक्रम रोक्नु परेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण