१० बजे १० समाचार : बाबुराम, सीके र रेशमको एकतादेखि पानीको संकटसम्म

आज मिति २०८१ साल चैत महिनाको ९ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- विश्व पानी दिवस
केही वर्षअघि काठमाडौँ उपत्यकामा काभ्रेपलान्चोकको पाँचखालाबाट ठुलो मात्रामा तरकारी ल्याइन्थ्यो । अहिले त्यो मात्रा घटेको छ । यसो हुनुमा त्यहाँको झिकु खोला सुक्नु नै मुख्य कारण देखिएको छ ।
- कोशी प्रदेशमा स्ववियु
कोशी प्रदेशका ४९ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र माओवादी निकट अखिल क्रान्तिकारी समग्रमा तेस्रो स्थानमा रह्यो ।
- केनेडी हत्या
गत सोमबार अर्थात् १७ मार्च २०२५ का दिन अमेरिकी सरकारले पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित अतिगोप्य दस्ताबेजहरू सार्वजनिक गरेको छ । ६२ वर्ष अघि भएको उक्त हत्याकाण्डबारे आज पर्यन्त विविध अड्कलबाजी हुने गरेका छन् ।
- विभेद
सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारलाई विस्थापित गरेको घटनामा पीडित परिवारले जातीय भेदभावविरुद्ध जाहेरी दर्ता गराएका छन् ।
- पार्टी एकता
जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पुगेर पार्टी एकताका लागि शुभकामना दिएका छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक शुक्रवारदेखि सुरु भएको छ ।
- फोटोफिचर
- पहिलो प्रस्रव
‘मान्छेहरूले मनका भावनालाई कम्प्युटरमा पो कसरी टाइप गर्छन् होला ! टाइप गरिरहँदा भावनाहरू लुक्ने पो हुन् कि भन्ने लाग्छ मलाई त,’ आख्यानकार भागीरथी श्रेष्ठ आफ्नो हस्तलिपिमा विश्वास गर्छिन् । विज्ञान र प्रविधिको विकासले मानिसलाई कतै यान्त्रिक र भावनाहीन त बनाउँदै छैन ? भागीरथीलाई यस्तै शंका छ सायद ।
- स्वास्थ्य
- मनोरञ्जन
- शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण