महिला स्वास्थ्यमा सचेतना जगाउन ‘काठमाडौँ पिंक केयराथन’ (तस्बिरहरू)
शनिबार, ०९ चैत २०८१, ०९ : ११
_NOwOE7AjJ3.jpg)
काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौँ पिंक केयराथन’ आयोजना भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौँ पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौँ पिंका केयराथन आयोजना गरेको थियो ।
त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ यता निरन्तरता दिइएको छ ।