हार्दिक आईभीएफ सेन्टरमा निःशुल्क आईयूआई सेवा
काठमाडौँ । सिनामंगलस्थित हार्दिक आईभीएफ सेन्टरले आउदो नयाँ बर्ष २०८२ को अवसर पारेर आजदेखि नि:शुल्क आईयुआई सेवा सुरु गरेको छ । सेवा बैशाख ३१ सम्म सञ्चालन हुनेछ ।
आईयुआई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११/९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको सेन्टरले जनाएको छ । अग्रिम नाम दर्ता गराउनेलाई मात्र यो नि:शुल्क सेवा उपलब्ध गराइने सेन्टरको भनाइ छ ।
आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निशुल्क आईयुआई सेवा गर्न लागिएको बताइएको छ । बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका समाजिक र मानसिक समस्यासमेत निराकरण गरी आशाका किरण जगाउन यो अभियान सुरु गरेको सेन्टरले जनाएको छ ।
बाँझोपनको उपचारका लागि आईयूआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रभावकारी उपचार प्रद्धति हो । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहन्छ ।
पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा अस्पष्ट बाँझोपनकोस समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आईयुआई उपचार पद्धति प्रभावकारी मानिन्छ ।
नेपालमा आईयुआइ उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भए पनि सेन्टर सिनामंगलले नि:शुल्क गर्नेछ । आईयुआई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने बिश्वास गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण