चोरले निलेको १० करोड ६० लाख रुपैयाँको कानको टप प्रहरीको हातमा
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डो सहरमा चोरले दुई हप्ताअघि १० करोड ६० लाख नेपाली रुपैयाँभन्दा धेरै पर्ने कानको दुई जोडी टप निले । फेब्रुअरी २६ मा प्रहरीको फन्दामा पर्ने बित्तिकै ३२ वर्षका ज्याथन गिल्डरले टिफ्यानी एन्ड कम्पनीको स्टोरबाट चोरेका दुई थान टप निलेका थिए ।
एक दर्जनभन्दा धेरै दिनदेखि जासुसहरूले ओर्लान्डोको एक अस्पतालमा गिल्डरमाथि निगरानी राखिरहेका थिए । २ हप्तापछि उनले निलेका सबै टप मलद्वारमार्फत निस्किएको छ । गिल्डरमाथि छद्मभेषमा लुटपाट गरेको र चोरी गरेको अभियोग लगाइँदैछ ।
हिराको टप पाएपछि सफा गरेर राखिएको कम्पनीले बताएको छ । उक्त दिन गिल्डर एनबीएका एक खेलाडीको सहायक बनेर टिफ्यानी एन्ड कम्पनीको ओर्लान्डोस्थित स्टोरको भीआईपी रुममा गएका थिए । स्टोरका कर्मचारीको ध्यान भड्काएर दुई जोडी टप र औँठी लिएर उनी सुइँकुच्चा ठोके । भाग्ने क्रममा ५ लाख ८७ हजार डलर मूल्य पर्ने औँठी भने भुँइमा खस्यो । तर ७ लाख ६९ हजार ५०० डलर मूल्य पर्ने २ थान टप भने उनको हातमै थियो ।
प्रहरीले सोही दिनअबेर गिल्डरलाई समातेको थियो । समातिएपछि उनले स्टोरबाट चोरेका सामान धमाधम निलेको प्रहरीले बताएको छ । निल्नुको सट्टा टप झ्याल बाहिर फ्याकिदिनुपर्ने रहेछ भनेर जेल लैजाने क्रममा गिल्डरले भनेको प्रहरीले बताएका छन् ।
जेलमै पनि ‘पेटभित्र भएको चिजका लागि ममाथि अभियोग चल्छ र ?’ भनेर गिल्डरले जेल कर्मचारीलाई सोधेका थिए ।
चारवटै टप ननिक्लिदासम्म प्रहरीले उनलाई अस्पतालमा राखेका थिए । १२ मार्चमा सबै टप असुली भयो । त्यसपछि प्रहरीले ती टप स्टोरलाई फिर्ता गरिदिए । गिल्डरले २०२२ मा टेक्ससमा टिफ्यानीकै स्टोरमा लुटपाट गरेको उनको आपराधिक रेकर्डले देखाएको प्रहरीले भनेको छ । उनी विरुद्ध कोलोराडोमा ४८ वटा छुट्टाछुट्टै पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई ‘पूर्वसुनुवाइ’ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण