भैरहवामा विमानस्थलबाट ११ किलो गाँजासहित भारतीय युवक पक्राउ
सोमबार, ११ चैत २०८१, २० : ३८
बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक भारतीय युवा पक्राउ परेका छन् ।
भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एसपी दीपक श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एशियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको हो ।उनले विभिन्न खानेकुरा सँगै गाँजा पनि ल्याएका थिए । गाँजासहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको विमानस्थल प्रहरीले जनाएको छ ।
यसअघि पनि गत चैत ४ गते विमानस्थल प्रहरीले एयर एशियाको विमानमा आएका भारतीय महिलाको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण