‘चीनले संसारलाई चकित पार्ने विकास गरिसक्यो, छिमेकी भएर पनि हामीले फाइदा लिन सकेनौँ’

काठमाडौँ । चीन सरकारले एनपीसी (राष्ट्रिय जन कांग्रेस) र सीपीपीसीसी (चिनियाँ जन राजनीतिक परामर्श सम्मेलन) (नेपालको राष्ट्रिय सभा र प्रतिनिधिसभा जस्तै) को बैठकले आफ्ना अगामी वर्षका नीति तथा कार्यक्रम तय गरेको छ ।
चीनका लागि यी दुई सत्र निकै महत्त्वपूर्ण हुन् । यो चीनका लागि मात्र होइन, विश्वकै लागि प्रभावकारी मानिन्छन् । त्यसबाट नेपाल प्रभावित नहुने कुरै छैन ।
सबैभन्दा नजिकको छिमेकी राष्ट्र भएको नाताले चीनमा बन्ने नीतिले नेपालमा प्रभाव पार्छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालका महासचिव डा.कल्याणराज शर्माले चीनका दुई सत्रबाट तयार गरेको प्रमुख नीति निर्देशन नेपालले बुझ्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘चीन नेपालको सबैभन्दा ठुलो व्यापार साझेदारमध्ये एक हो, पूर्वाधार परियोजनाहरूमा एक प्रमुख लगानीकर्ता हो, चीनको नीतिले नेपालको आर्थिक वृद्धि रणनीति, अन्तर्राष्ट्रिय सहयोग, दिगोपना पहलहरू र सुशासन सुधारहरूमा सहयोग पुर्याउँछ ।’
चीनको दुई सत्रबाट प्रमुख नीति निर्देशनहरू र परिणामहरूको विश्लेषण गर्नु र नेपालको लागि तिनीहरूको प्रभावबारे छलफल गर्न सिल्क रोड क्लबले नेपालमा केही दिन पहिले एउटा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चीनको नीतिबाट आर्थिक वृद्धि, औद्योगिक आधुनिकीकरण र सुशासनमा सुधारहरू ल्याउन नेपालले अपनाउन सक्ने रणनीतिहरूबारे छलफल भएको थियो ।
महासचिव शर्माले संसारलाई चकित पार्ने विकास चीनले गरेकाले स्थिर राजनीति भयो भने विकास गर्न असम्भव नहुने बताए । नेपालले चीनबाट फाइदा लिनुपर्ने उनको भनाइ थियो ।
सन् २०२५ कै सुरुवातमा चीनले नेपालको विकास साझेदारका रूपमा काम गरिरहेको चीनले नेपालमा पर्यटन क्षेत्रमा सबैभन्दा राम्रो प्रगति गरेको बताए ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता चीनका क्षेत्रीय पहलबाट अधिकतम लाभ लिन नेपालले सक्रियता देखाउनुपर्ने उनले बताए ।
विदेश मामिला जानकार गोपाल खनालले चीनले हालै सम्पन्न गरेको दुवै सत्रबाट बनाएका नीतिमा नेपालको सन्दर्भमा खासै परिवर्तन नल्याएको बताए । चीनले आफ्ना नीति तथा कार्यक्रममा अधिकांश विषयलाई निरन्तरता दिएको र बीआरआइलाई अझै सक्रियतापूर्वक अगाडि बढाएको उनको भनाइ थियो । आर्थिक क्षेत्रमा चीनले गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्नुपर्ने र लाभ लिनुपर्ने उनले बताए । साथै यो ठुलो अवसर रहेको भनेको भनाइ थियो ।
नेपालका लागि अहिले अमेरिकाका राष्ट्रपतिले के गर्छन् भन्दा पनि भारत र चीनबिच कस्तो सम्बन्ध रहन्छ भने मुख्य कुरा रहेको उनको तर्क थियो । भने, ‘नेपालका लागि चीन ओपन युनिभर्सिटीजस्तो हो, नेपालले चीनबाट धेरै कुरा लिनसक्छ ।’
त्रिभुवन विश्व विद्यालयअन्तर्गत सेडाका कार्यकारी निर्देशक अर्जुन बरालले नेपालमा अस्थिर राजनीतिका कारण कहाँ कहाँ अल्झेजस्तो देखिएकाले चीनले बनाएको नीतिले पनि नेपाललाई फाइदा पुग्ने बताए । त्यसबाट कसरी फाइदा लिने भन्नेमा सोच्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘चीनले आश्चर्यचकित प्रगति गरेको छ, हाम्रो जेनरेसनले मिराकल देख्न पाएको छ ।’ चीनले आर्थिक क्षेत्रलाई सुधार गर्न कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरणमा लगेको छ, नेपालले पनि कृषिलाई अगाडि बढाउनुपर्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पनि चीनको प्रगतिबाट नेपालले फाइदा लिन नसकेको बताए । उनले भने, ‘नेपालबाट बर्सेनि सयौँ व्यक्ति चीन भ्रमण गर्छन्, तर त्यहाँबाट सिकेर हेरेर आएका कुरा कुनै पनि कार्यान्वयनमा ल्याँदैनन् ।’
उनले नेपाललाई अब ‘ल्यान्ड लक्ड’ नभई ‘ल्यान्ड लभ्ड’ कन्ट्री बनाउनुपर्ने बताए । ‘त्यसका लागि चीन र भारत दुवै देशबाट नेपालले सहयोग लिनुपर्छ,’ उनले भने । चीनले भ्रष्टाचार अन्त्य गरेकाले उसको प्रगति भएकाले नेपालले पनि त्यसबाट सिक्नुपर्ने आचार्यले बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद युवराज चौलागाईंले चीनले गरेको प्रगति नेपाललाई पनि फाइदा हुने बताए । ‘चीनले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन चाहेको छ, बीआरआईजस्ता परियोजना दिएर नेपाललाई विश्वसँग जोड्न खोजेको छ,’ उनले भने, ‘नेपालले चीनबारे नयाँ ढंगले सोच्नुपर्छ ।’
नेपालमा वन चाइना प्रिन्सिपल कि वन चाइना पोलिसीमा बहस चलिरहँदा उनले यो बहसकै विषय नभएको तर्क गरे । चीन र भारत मिल्नुले पनि नेपाललाई फाइदा हुने उनको भनाइ थियो ।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले चीनले धेरै प्रगति गरेको तर नेपाल त्यसमा चुकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार