संविधानसभाबाट बनेको संविधानको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
काभ्रे । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।
बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवसको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए ।
‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमिकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने । उनले जस्तो चुनौती आएपनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताए । अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशिल हुनुनै सबैको हितमा हुने बताए ।
उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए ।
उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण