समर्थकका लागि गृहनगरमा ‘फ्यान पार्क’ को व्यवस्था गर्दै धनगढी एफसी

काठमाडौँ । फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले गृहनगरमा आफ्ना समर्थको लागि ‘फ्यान पार्क’को व्यवस्था गर्ने भएको छ । धनगढी फुटबल क्लब पहिलो र दोस्रो संस्करणको उपविजेता टोली हो ।
एनएसएलको तेस्रो संस्करण शनिबार शुरु हुँदैछ । धनगढी एफसीले भने आफ्नो पहिलो खेल चैत १९ गते बुटवल लुम्बिनीसँग खेल्दैछ । गृहनगरमा रहेका धनगढी एफसीका समर्थकहरुले धनगढीस्थित पार्क मोडमा गएर ठुलो स्क्रिनमा आफ्नो टोलीको खेल हेर्न पाउने छन् ।
धनगढी एफसीले धनगढी उपमहानगरपालिकासँग मिलेर पार्क मोडमा ‘फ्यान पार्क’ निर्माण गर्न लागेको जानकारी धनगढी एफसीका सुवास शाहीले दिए । उनका अनुसार, फ्यान पार्कमा म्युजिक कार्यक्रम, फुड स्टल र फ्यान कन्टेस्टको व्यवस्था पनि गरिने छ ।
धनगढी एफसीको कप्तान देवेन्द्र तामाङ र मार्की खेलाडी कीर्तिसरत्न छुन्जु हुन् । टोलीमा अशोक खबास, अमृत श्रेष्ठ, प्रशान्त लक्सम लिम्बु, जर्जप्रिन्स कार्कीलगायतका खेलाडी आबद्ध छन् । विदेशी खेलाडीका रुपमा आफिज ओलावाले (नाइजेरिया) र अहमद हिजाजी (लेबनन) पनि छन् । यी दुबै खेलाडी अघिल्लो सिजनमा पनि थिए ।
तेस्रो संस्करणका लागि धनगढी एफसीले स्पेनिस गोलरक्षक वालिड ईसाफी र रक्षक जर्ज काइसेडो, मोरक्कोका डिफेन्सिभ मिडफिल्ड मोहम्मद इल जाउएनी र ब्राजिली विङगर सर्जियो बार्बोजालाई पनि टोलीमा समावेश गरेको छ । टोलीको मुख्य प्रशिक्षकमा स्पेनिस हुँवा म्यानुएल मार्टिनेज रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी