कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
धरान । वैदेशिक रोजगारीबाट फर्किएका बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन् । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन् ।
स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गर्नुभएका उहाँहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहेका छन् ।
अमिर र रघुवीर पाँच वर्ष दक्षिण कोरिया, छविलाल अफगानिस्तानमा काम गरेर फर्किएका हुन् । उनीहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत थिए । विदेशमा सिकेको सीपलाई सदुपयोग गरी स्वदेशमै व्यवसाय सुरु गरेका तीन मध्येका एक अमिर निरौलाले बताए ।
उनीहरुले २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गर्नुभएको थियो । सुरुमै आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाएका थिए । जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताए ।
उनले भने, ‘सुरुआतमा छ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ । सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ ।’
विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके स्वदेशमै सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताउँछन् । उनीहरुले चार विघा क्षेत्रफलमा काँक्रा रोवका छन् छ भने तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभीलगायत मौसम अनुसारका सागपात रोपेका छन् ।
फार्म सञ्चालकमध्येका एक अमिर निरौलाले भने, ‘वर्षमा एक करोडको सागपात बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक रु ७० लाख जति खर्च हुँदा सबै खर्च कटाएर २० लाखदेखि ३० लाखसम्म बचत हुन्छ ।’
उनका नुसार सञ्चालक बाहेक २० जनाले फार्ममा रोजगारी प्राप्त गरेका छन् । फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ । उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैँ फार्ममा आइपुग्छन् ।
गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुवान हुँदा रु ३५ लाख बढीको क्षति भएको उनीहरूले बताए । उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालकमध्येका छविलाल चौधरीले बताए । बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिने गरिन्छ । कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उनीहरुको अनुभव छ ।
नगरपालिकाले अनुदानमा ‘मिनी टिलर’ उपलब्ध गराएको छ । साथै मल बीउ अनुदान स्वरुप सहयोग गरेको छ । जसले गर्दा कृषि उत्पादनमा लागत घटाउन मदत पुगेको छ । बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धतालगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण