बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई थप अग्रता
आइतबार, १७ चैत २०८१, ०२ : ३५
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अग्रता थप बलियो बनाएको छ । बायर्नले शनिबार राती घरेलु मैदानमा सेन्ट पोलीविरुद्ध ३-२ को संघर्षपूर्र्ण जित निकाल्दै अग्रता बलियो पारेको हो ।
बायर्नका लागि लिरोंय सानेले दुई तथा ह्यारी केनले एक गोल गरे । पाहुना टोली सेन्ट पोलीकातर्फबाट इलियास साद र लार्स रिट्जकाले एक-एक गोल फर्काए । जितसँगै बायर्नको २७ खेलबाट ६५ अंक भएको छ भने दोस्रो स्थानको बायर लिभरकुजेनको ५९ अंक छ । नेस्रो स्थानको फ्र्यान्कफर्टको समान खेलबाट ४८ अंक छ ।
बुण्डेस लिगा अन्तर्गत बोरुसिया माग्लाडव्याचले आरबी लेप्जिगलाई १-० ले हराउँदा होफिनहाइमले आक्सबर्गलाई १-१ को बराबरीमा रोक्यो । यस्तै, हिडेनहाइमले उल्फबर्गलाई १-० ले पाखा लगाउँदा आइन्ट्राच्ट फ्र्यान्कर्फटले भीएफबी स्टुटगार्टलाई १-० ले हरायो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण