संसद् बैठक
गणतन्त्रवादीलाई संसदबाटै राजेन्द्र लिङ्देनको चेतावनी– सके जेल हाल !
आइतबार, १७ चैत २०८१, २१ : ००

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।
सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि...छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’
बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ । सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाकुर गैरेले सडकमा भएको अराजक क्रियाकलापमा संलग्नहरुलाई दण्डित गर्नुपर्ने बताएपछि लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै