सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयोः नेपाल प्रहरी
काठमाडौँ । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ ।
राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकाले घटनाका सम्बन्धमा सत्यतथ्य नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्नसमेत प्रहरीले सचेत गराएको छ ।
सूचना अधिधकारी प्रहरी उपरीक्षक अपिलराज बोहराद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिएको भए पनि आयोजक एवं समर्थकहरुले विभिन्न स्थानमा हिंसात्मक घटना घटाएको जनाएको छ ।
राजावादीहरूले प्रदर्शनका क्रममा तोडफोड, आगजनीलगायत घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मानिसको मृत्युसमेत हुनेगरी घटाएका आपराधिक घटनाहरूको सत्यतथ्य नबुझी भ्रामक एवं गलत सूचना प्रवाह नगर्न अनुरोधसमेत गरेको छ ।
यदि सत्यतथ्य नबुझी गलत समाचार सम्प्रेषण गरे प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइने व्यहोरासमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण