ब्युटिसियन ट्यालेन्ट नेपालका प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । विगत ७ वर्षदेखि आयोजना हुँदै आएको एच्यु हेयर ओयल ब्युटिसिनय ट्यालेन्ट नेपालका प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । प्रतियोगीताको काठमाडौँको त्रिपुरेश्वर स्थित डि भ्याली रेष्ट्रोमा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डमा उनीहरुले ब्राईडल मेकअप, जुरो, मेहन्दी आर्ट, नेल आर्ट जस्ता विविध कला प्रस्तुत गरेका छन् ।
एच्यु हेयर ओयल ब्युटिसिनय ट्यालेन्ट नेपालको यो सिजन ७ हो । यसको ग्रान्ड फिनाले यही २८ चैतमा ज्यापु प्रज्ञा प्रतिष्ठान च्यासल, ललितपुर आयोजना हुदैछ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि आयोजक रहेको प्रतियोगितामा १७ प्रतियोगी फाइनलमा भिड्दैछन् । यीनै १७ जना बिच ट्यालेन्ट शोमा प्रतिस्पर्धा भएको हो ।
१७ प्रतिस्पर्धीमा निशा रजक, रोशनी पुजारी, रविना ठकुरी, रचना बज्राचार्य, सुमित्रा खवास, स्नेहा चौधरी, सुजिता अधिकारी, दुर्गा सुवेदी, सुजिता दयाल, निर्माला पौडेल, स्मृति सुब्बा, सपना रसाईली, अन्जनी चौधरी, मनसरा राई, सुनिशा शाक्य, स्वस्तिका बस्नेत र पूजा विश्वकर्मा बस्नेत रहेका छन् ।
ट्यालेन्ट राउन्डको निर्णायकमा ब्राडल मेकअप तर्फ ब्युटिसियनहरु गीता खनाल, उषा गुरुङ, कस्मोलोजिष्ट परिषी कारंजित, डेन्टिस्ट सागर जोशी, ब्युटिसियन ट्यालेन्ट नेपाल तेस्रो सिजनकी विजेता लिना डंगोल रहेका थिए । यस्तै ब्राइडल जुरोको निर्णायकमा ब्युटिसियन ट्यालेन्ट नेपाल हालकी विजेता शर्मिला बुढाथोकी, लायन नकुल गिरी, सुरेन्द्र गिरी थिए । मेहन्दी आर्ट प्रतिस्पर्धाको निर्णायकमा नेल टेक्निसियन सुजन तिमिल्सिना र ब्युटिसिनय ट्यालेन्ट नेपाल सिजन ५ की विजेता मनिषा श्रेष्ठ थिइन् ।
ट्यालेन्ट राउन्डको उद्घाटन पानसमा बत्ती बालेर गणेशमान सिंह बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुलीले गरे । कार्यक्रमका प्रतिस्पर्धी सबैलाई उनले शुभकामना दिँदै यो प्रतियोगिताले ब्युटिसियनहरुको व्यक्तित्व विकाससँगै उनीहरूको प्रतिभा प्रस्तुति र समाजमा गएर आफूलाई सशक्त रूपमा उभ्याउन मद्दत पुग्दै आएको बताए ।
प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धर र संयोजन गायिका तथा पहिलो सिजनकी विजेता सरिता भारतीले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण