दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म

काठमाडौँ । दुई महिना अघि विवाह गरेको एक दम्पतीले छोटो अवधिमै धेरै नाटकीय मोड सामना गर्नुपरेको छ ।
भारतको उत्तर प्रदेश राज्यको मुजफ्फरनगरमा प्रणव सिंघल र शालिनी संगलबिच १२ फेब्रुअरीमा विवाह भएको थियो । विवाहपछि यो जोडी हनिमुनका लागि इन्डोनेसिया पुगेको थियो ।
तर, त्यसपछि यो दम्पतीबिच फाटो आउन थाल्यो । शालिनीका अनुसार उनीसँग पतिको परिवारले दाइजोबापत ठुलो रकम माग गर्न थाले । प्रणव भने आफ्नो परिवारले शालिनीसँग रकम माग नगरेको बरु शालिनीले नै शारीरिक सम्बन्ध राख्न नमानेका कारण दाम्पत्य जीवनमा फाटो आएको प्रतिक्रिया जनाए ।
आफूले दाइजो बापतको रकम नदिएकै कारण पतिले माइत ल्याएर छाडेको शालिनीको आरोप थियो । केही दिन माइत बसेर घर फर्किएको तर आफूलाई घरभित्र पस्नसमेत नदिइएको उनको दाबी थियो ।
घरभित्र पस्न नदिइएको भन्दै शालिनी धर्नामा समेत बसिन् । ५० घण्टा धर्ना बसिसकेपछि बल्ल उनीहरूबिच सहमति जुटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यी दुईबिचको विवाद मिलाउन स्थानीय भद्र–भलाद्मीको समूह नै उनीहरूको घरमा भेला भएको थियो । शालिनीका काका आशिष कुमारका अनुसार शानिली र प्रणवबिच अहिले सहमति भइसकेको छ । दुवै जना साथ रहन राजी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा