दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
काठमाडौँ । दुई महिना अघि विवाह गरेको एक दम्पतीले छोटो अवधिमै धेरै नाटकीय मोड सामना गर्नुपरेको छ ।
भारतको उत्तर प्रदेश राज्यको मुजफ्फरनगरमा प्रणव सिंघल र शालिनी संगलबिच १२ फेब्रुअरीमा विवाह भएको थियो । विवाहपछि यो जोडी हनिमुनका लागि इन्डोनेसिया पुगेको थियो ।
तर, त्यसपछि यो दम्पतीबिच फाटो आउन थाल्यो । शालिनीका अनुसार उनीसँग पतिको परिवारले दाइजोबापत ठुलो रकम माग गर्न थाले । प्रणव भने आफ्नो परिवारले शालिनीसँग रकम माग नगरेको बरु शालिनीले नै शारीरिक सम्बन्ध राख्न नमानेका कारण दाम्पत्य जीवनमा फाटो आएको प्रतिक्रिया जनाए ।
आफूले दाइजो बापतको रकम नदिएकै कारण पतिले माइत ल्याएर छाडेको शालिनीको आरोप थियो । केही दिन माइत बसेर घर फर्किएको तर आफूलाई घरभित्र पस्नसमेत नदिइएको उनको दाबी थियो ।
घरभित्र पस्न नदिइएको भन्दै शालिनी धर्नामा समेत बसिन् । ५० घण्टा धर्ना बसिसकेपछि बल्ल उनीहरूबिच सहमति जुटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यी दुईबिचको विवाद मिलाउन स्थानीय भद्र–भलाद्मीको समूह नै उनीहरूको घरमा भेला भएको थियो । शालिनीका काका आशिष कुमारका अनुसार शानिली र प्रणवबिच अहिले सहमति भइसकेको छ । दुवै जना साथ रहन राजी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण