‘खुसी’ नामले दुःखी एक युवकको कथा : नामकै कारण प्रेम सम्बन्ध नै टुट्यो
टोकियो । ‘खुसी’ (ह्याप्पी) नामका कारण जापानका एक युवकले आफ्नो जीवनभर दुःख पाउनुपरेको छ । उनका अनुसार नामकै कारण उनले सानोमा हेपाइ र ठुलो हुँदासम्म मजाकको सामना गर्नुपरेको हो ।
टेराउची ह्याप्पीकी आमाले उनलाई यो नाम दिएकी थिइन् । तर, आमालाई यो थाहा थिएन कि यही नाम उनको छोराको लागि समस्या बन्छ भनेर ।
२७ वर्षीय टेराउचीलाई पनि यस्तो नाम राखेकोमा आमाप्रति कुनै गुनासो छैन । छोरा जन्मँदाको खुसीलाई प्रकट गर्नका लागि आमाले उनलाई यो नाम दिएको उनको भनाई छ । उनलाई नाम परिवर्तन गर्ने सोच नआएको होइन । तर, यही कारणले समस्या बेहोर्नुपरे पनि उनले कानुनी रूपमा आफ्नो नाम परिवर्तन पनि नगरेका हुन् ।
सानो हुँदा अन्य साथीहरूले उनलाई यो नामका कारण हेप्ने गर्थे । उनीहरूले ‘नाम खुसी भए पनि तिमी खुसी छैनौँ’ भन्थे । आफूलाई जिस्काउने हुँदा उनलाई जन्मदिन र अन्य पर्व मनपर्दैन थियो किनभने त्यहाँ ‘हप्पी बर्थडे’ भन्दा उनलाई जिस्काइन्थ्यो ।
जागिरका लागि निवेदन दिँदा उनको नाम हेरेर रोजगार दाताहरू उनले मजाक गरिरहेको भनेर सोच्थे । अन्तर्वार्तामा बोलाउँदा परिचय पत्र नदेखाएसम्म उनीहरू विश्वास गर्दैन थिए ।
उनको यही नामका कारणले प्रेम सम्बन्ध पनि टुट्न पुगेको थियो । एउटा टिभी शोमा उनले आफ्नो नामकै कारण अहिलेसम्म विवाह नभएको जिकिर गरे ।
आफ्नो प्रेमिकाको परिवारलाई भेट्न जाँदा उनीहरू टेराउचीको नाम सुनेर हाँसेका थिए । पछि त्यो प्रेम सम्बन्ध नै टुट्न पुग्यो । यतिबेला जापानको सामाजिक सञ्जालमा उनको यो कथा निकै भाइरल बन्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण