‘खुसी’ नामले दुःखी एक युवकको कथा : नामकै कारण प्रेम सम्बन्ध नै टुट्यो

टोकियो । ‘खुसी’ (ह्याप्पी) नामका कारण जापानका एक युवकले आफ्नो जीवनभर दुःख पाउनुपरेको छ । उनका अनुसार नामकै कारण उनले सानोमा हेपाइ र ठुलो हुँदासम्म मजाकको सामना गर्नुपरेको हो ।
टेराउची ह्याप्पीकी आमाले उनलाई यो नाम दिएकी थिइन् । तर, आमालाई यो थाहा थिएन कि यही नाम उनको छोराको लागि समस्या बन्छ भनेर ।
२७ वर्षीय टेराउचीलाई पनि यस्तो नाम राखेकोमा आमाप्रति कुनै गुनासो छैन । छोरा जन्मँदाको खुसीलाई प्रकट गर्नका लागि आमाले उनलाई यो नाम दिएको उनको भनाई छ । उनलाई नाम परिवर्तन गर्ने सोच नआएको होइन । तर, यही कारणले समस्या बेहोर्नुपरे पनि उनले कानुनी रूपमा आफ्नो नाम परिवर्तन पनि नगरेका हुन् ।
सानो हुँदा अन्य साथीहरूले उनलाई यो नामका कारण हेप्ने गर्थे । उनीहरूले ‘नाम खुसी भए पनि तिमी खुसी छैनौँ’ भन्थे । आफूलाई जिस्काउने हुँदा उनलाई जन्मदिन र अन्य पर्व मनपर्दैन थियो किनभने त्यहाँ ‘हप्पी बर्थडे’ भन्दा उनलाई जिस्काइन्थ्यो ।
जागिरका लागि निवेदन दिँदा उनको नाम हेरेर रोजगार दाताहरू उनले मजाक गरिरहेको भनेर सोच्थे । अन्तर्वार्तामा बोलाउँदा परिचय पत्र नदेखाएसम्म उनीहरू विश्वास गर्दैन थिए ।
उनको यही नामका कारणले प्रेम सम्बन्ध पनि टुट्न पुगेको थियो । एउटा टिभी शोमा उनले आफ्नो नामकै कारण अहिलेसम्म विवाह नभएको जिकिर गरे ।
आफ्नो प्रेमिकाको परिवारलाई भेट्न जाँदा उनीहरू टेराउचीको नाम सुनेर हाँसेका थिए । पछि त्यो प्रेम सम्बन्ध नै टुट्न पुग्यो । यतिबेला जापानको सामाजिक सञ्जालमा उनको यो कथा निकै भाइरल बन्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन