अमेरिकामा ढुवानी बन्द गर्दैछ जागुआर ल्यान्ड रोभर

लन्डन । बेलायती कार निर्माता कम्पनी जागुआर ल्यान्ड रोभरले अमेरिकी बजारमा आफ्नो कारको ढुवानी बन्द गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलका कारण कम्पनीले यो हप्ताको शुरुमा अमेरिकातर्फको ढुवानी बन्द गरेको हो ।
बिहिबारदेखि अमेरिकामा भित्रिने कारमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लागेको छ । ट्रम्पले विश्वको आपूर्ति शृङ्खलालाई झट्का दिने खालका यस्ता कयौं उपायको घोषणा गरेका छन् । बेलायतको कार उद्योगका लागि अमेरिकी ईयूपछि दोस्रो ठूलो निर्यात बजार हो ।
ट्रम्प ट्यारिफलाई विचार गरेर मध्यमदेखि दीर्घकालीन योजना बनाउनु अघि आफूहरूले अप्रिलमा ढुवानी बन्द गर्ने निर्णय गरेको कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमा भनेका छन् । जागुआर ल्यान्ड रोभरको लक्जरी ब्रान्डका लागि अमेरिका महत्वपूर्ण बजार हो ।
अमेरिकामा बेलायतबाट अन्य सामानभन्दा कार धेरै आउँछन् । कारमा अतिरिक्त भन्सार महसुल अप्रिल ३ देखि लागू भएको छ । स्पेयर पार्टस्माथि महसुल आगामी महीनादेखि लाग्नेछ । बेलायतबाट आउने अरु सबै सामानमा छुट्टै १० प्रतिशत अतिरिक्त भन्सार महसुल पनि लाग्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन