मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ ।
२००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना २००९ मा अमेरिकामा पक्राउ परेका थिए । साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा आक्रमण गराएको र डेनमार्कमा पनि आक्रमणको योजना बनाएको आरोपमा अदालतले दोषी ठहर गर्दै उनलाई २०१३ मा १४ वर्षको जेल सजाय सुनाइएको थियो ।
६४ वर्षीय राना पाकिस्तानी मूलका क्यानडाली नागरिक हुन । चिकित्सा शास्त्रमा डिग्री गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा सामेल भएका थिए । हाल राना अमेरिकाको लस एन्जलिसस्थित मेट्रोलिटन डिटेन्सन सेन्टरमा कैद छन् ।
२००८ को नोभेम्बर २६ मा मुम्बईका ताजमहल होटल प्यालेस, छत्रपति शिवाजी महाराज टर्मिनल, मेट्रो सिनेमा,सेन्ट जेभियर्स कलेज, अस्पताल, क्याफे लगायतका स्थानमा आक्रमण हुँदा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए । आक्रमणमा संलग्नमध्ये एक अजमल कसाबलाई सन् २०१२ मा फाँसीको सजाय दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण