बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बिहीबार, २८ चैत २०८१, ०९ : २९
धनगढी । बुधबार परेको चट्याङले बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा ठुलो क्षति पुर्याएको छ। बित्थडचिर गाउँपालिका अन्तर्गत सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुग्दा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।
घटनापछि विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ। टोलीले क्षतिग्रस्त प्रसारण लाइनको मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिइएको छ।
स्थानीय बासिन्दाहरू विद्युत् अवरुद्ध हुँदा दैनिक जीवन र सञ्चारमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्। प्राधिकरणले सकेसम्म छिटो सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण