युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
शुक्रबार, २९ चैत २०८१, ०६ : ०९
काठमाडौं । युरोपा लिग क्वार्टरफाइन पहिलो लेगका चारमध्ये तीन खेल बराबरीमा सकिएका छन् । पहिलो खेलमा भने नर्वेको बोडो ग्लिम्टले इटालीको लाजियोलाई २-० ले हरायो ।
घरेलु मैदानमा बोडोलाई जिताउन उलरिक साल्टनेसले निर्णायक दुई गोल गरे । युरोपा लिग क्वार्टरफाइन दोस्रो लेगका खेल अर्को हप्ता हुनेछन् ।
बिहीबार राती भएका अन्य खेलमा फ्रान्सको लियों र इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडले २-२ को बराबरी खेल्दा स्कटल्याण्डको रेन्जर्स र स्पेनको एथ्लेटिक क्लबले गोलरहित बराबरी खेले ।
यस्तै, इंग्लिश क्लब टोटनह्याम हट्स्पर र जर्मनीको आइन्ट्राच्ट फ्र्यान्कफर्टले १-१ को बराबरी खेले । यी दुई बीचको दोस्रो लेग अप्रिल १७ मा फ्र्यान्कफर्टको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण