आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दर्ता बिना अमेरिकामा ३० दिनभन्दा बढी बसेमा सजाय हुने

शनिबार, ३० चैत २०८१, ११ : ३३
शनिबार, ३० चैत २०८१

वासिङ्टन डिसी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ । ‘आज (अप्रिल ११) विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति हो ।

संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्छ,’ प्रेस सचिव क्यारोलिन लाभेटले शुक्रबार भनिन्, ‘पालना गर्न असफल हुनु जरिवाना, जेल वा दुवै सजाय हुने अपराध हो।’

क्यारोलिनले राष्ट्रपति ट्रम्पको भनाई सम्झाउँदै भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं, यदि तपाईंले दर्ता गर्नुभएन भने, तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुनेछैन।’

यसैबिच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकहरूलाई यस ऐन अन्तर्गत दर्ता गर्न भनिएको थियो। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनेकी थिइन्, ‘राष्ट्रपति ट्रम्प र मेरो देशमा गैरकानूनी रूपमा प्रवेश गर्नेहरूका लागि स्पष्ट सन्देश छ : अब हाम्रो देश छोड्नुहोस्।’

अप्रिल ११, २०२५ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकहरूलाई अप्रिल ११ सम्म तुरुन्तै दर्ता गर्न भनिएको थियो । साथै, दर्ता प्रमाण बिना अप्रिल ११, २०२५ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकहरूलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप