अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौँको बलिदानी र सङ्घर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् । लोकतान्त्रिक नेवा: खलसहितका सङ्घ संस्थाले कीर्तिपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताए ।
उनले लामो सङ्घर्ष र हजारौँको बलिदानीबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहको जोड छ ।
‘हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ,’ अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भने, ‘हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्दछ ।’
उनले प्राप्त अधिकार संस्थागत गर्दै राजनीतिक स्थायित्व कायम गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।
अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको सिंहले बताए । अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएको भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताए । जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उनले जोड दिए । नयाँ वर्षको अवसरमा उहाँले सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण