अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् ।
यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ । यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन् । विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ । यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो ।
उनीहरू सुनौला रङ्गका चम्किला रौंले ढाकिएका हुन्छन् । विशबोन माकुरा टारान्टुला र ट्रयापडोर माकुरासँग सम्बन्धित छन् र प्रायः अस्ट्रेलियाका सुख्खा, दुर्गम क्षेत्रमा पाइन्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार अझै धेरै माकुरा प्रजाति पत्ता लाग्न बाँकी छ । यो खोजले अस्ट्रेलियाका जङ्गल र जीवजन्तुको विविधता बुझ्न मद्दत गर्नेछ । वैज्ञानिक जेरेमी विल्सनले दुई वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गर्नुभएको हो । ‘हामीले धेरै नयाँ कुरा पत्ता लगाएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
-
निजामती विधेयकमा कांग्रेस र एमालेको मत बाझियो, राज्य व्यवस्था समितिबाट पारित हुन सकेन
-
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
-
को बन्ला उत्कृष्ट हिरोइन ?
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ