मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मङ्गलबार, ०२ वैशाख २०८२, ०८ : ३२
काठमाडौँ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मङ्गलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ ।
परिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै आज तराईका जिल्लाहरूमा जुडशीतल पर्व मनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण