२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।
ट्रक (कन्टेनर) चालक कुसाङ लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले रातोपाटीलाई बताए ।
विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ ।
चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त नगद बरामद गरेको थियो । ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।
अनुसन्धानबाट सो रकम भोटेकोशी घर भएर टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका नारायण पौडेलेको भएको खुलेको छ । पुराना ‘खासा व्यापारी’ पौडेल फरार छन् ।
खासा व्यापार गर्दागर्दै तिब्बतीसँग विवाह गरेका पौडेलले पछि सुन तस्करी सुरु गरे । २०७२ सालपछि तातोपानी नाका बन्द भयो । त्यसपछि सुन तस्करले रसुवाको केरुङ रुटलाई प्रयोग गर्न थालेका हुन् ।
पौडेलले दिएको २५ करोड बराबरको डलर र युरो लिएर फुच्चे झोर महांकाल हुँदै केरुङ जाँदै थिए । केरुङ नाकाबाट सुन ल्याउने उहिरुको योजना रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ति अधिकृत भन्छन्, ‘२५ करोड रकम सुन खरिद गर्न केरुङ लगिँदै थियो ।’
याे पनि पढाैँ...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म