२५ करोड बराबरको युरो र डलर बोकेर सुन किन्न केरुङ जाँदै थिए ‘फुच्चे’

काठमाडौँ । चैत ४ मा मध्यराति १० बजेतिर टोखा स्थित झोर महांकालबाट प्रहरीले ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ट्रक चेकजाँच गर्दा ठुलो परिमाणमा युरो र डलर भेटियो । ड्राइभर सिट ‘वोनेट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले भने, ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए ।
प्रहरीले बरामद गरेको ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ । सो ट्रकको धनी कुसाङ नै हुन् । विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै उनी चीनतर्फ सुन किन्न हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ४३ वर्षका कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।
२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यस बेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।
जेलबाट छुटेपछि लामाले फेरी सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण