रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
काठमाडौँ । मानिस जहिले पनि सुविधाकै खोजीमा हुन्छ । सुविधाकै खोजीमा कतिपय मानिस गाउँबाट सहरतिर जान्छन् ।
अमेरिकामा भने एक महिला यति दुर्गम ठाउँमा रमाइरहेकी छन्, जहाँ नजिकको रासन पसलमा पुग्नसमेत २०० माइल यात्रा तय गर्नुपर्छ ।
२७ वर्षीय सलिना एल्सवर्थ बसेको ठाउँमा न कुनै रेस्टुरेन्ट छ, न किराना पसल नै छ । उनी अलास्काको पोर्ट अल्सवर्थमा बस्दै आएकी छन् ।
यो ठाउँमा उनका पुर्खा सन् १९४० देखि बस्न थालेका हुन् । सलिनाका पति जेरेड रिचर्डसन पनि यही गाउँमै रमाउन थालेका छन् । उनी खुसीसाथ सलिनाको पुर्ख्यौली थलोमा बसेका छन् ।
त्यसो त, यो गाउँमा सलिनाका दम्पतीमात्र छैनन् । यहाँ करिब १८० जनाको बसोबास छ । करिब दुई महिनामा एक पटक सलिना रासन किन्न जान्छिन् । जाडो मौसममा निकै चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
सलिना एउटा सानो विमान लिएर सहरमा सामान किन्न जाने गर्दछिन् । यो निकै खर्चिलो हुने भएकाले एक पटक जाँदा कम्तीमा दुई महिनाका लागि पुग्ने सामान ल्याउने गरिएको उनको भनाइ छ । हिमपात र कुहिरोले कहिलेकाहीँ समस्या निम्त्याउने उनले बताइन् ।
सेलिनाले पतिसँग मिलेर सानो गिफ्ट शप, फेमिली रिसोर्ट सञ्चालन गरेकी छन् । यहाँ एउटा सानो क्लिनिक पनि छ । यसबाहेक अन्य सुविधा यहाँ छैन ।
सेलिनाका पुर्खाले थोरै सुविधा भएको ठाउँमा पनि बस्न सकिन्छ भनेर प्रमाणित गर्न चाहेका थिए । सोही आधारमा यहाँ उनीहरूलाई सरकारले जमिन दिएको थियो । सेलिना अहिले आफ्ना पुर्खाको सोही मान्यतालाई अझ बलियो बनाउन उद्यत् छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण