‘एक्लो’ का निर्देशक शाही ‘कान्स प्रोड्युसर्स नेटवर्क’ मा
काठमाडौं । नेपाली फिल्म ‘एक्लो’का निर्देशक प्रदीप शाही विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘कान्स प्रोड्युसर्स नेटवर्क’मा चयन भएका छन् । यो बर्षको कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४ सम्म फ्रान्समा आयोजना हुँदैछ ।
शाही निर्देशित उक्त फिल्म विज्ञान कथामा आधारित छ जसले नेपाली हिमालको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिकाको कथामा पेश गर्छ ।
फिल्मले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ ।
‘कान्स प्रोड्यूसर्स नेटवर्कमा भाग लिन पाउनु मेरो लागि ठूलो सम्मान हो’ शाही भन्छन्, ‘यो केवल एउटा फिल्म प्रस्तुत गर्ने कुरा होइन, यो नेपाललाई विश्वसामु चिनाउने प्रयास पनि हो ।’
‘एक्लो’मार्फत आफूले नेपालमै बसेर पनि विश्वस्तरको फिल्म निर्माण सम्भव छ भन्ने कुरा देखाउन खोजेको उनले बताए ।
शाहीले यसअघि ‘१९१५ : लिजेन्ड अफ द गुर्खा’ र ‘अन्तिम संस्कार’ फिल्म निर्देशन गरेका छन् । ‘एक्लो’ नेपालमा प्रदर्शन हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण