ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरु गरेको ट्यारिफ युद्धले अमेरिकाको आर्थिक वृद्धिदरमा धक्का दिने र महँगी बढ्ने चेतावनी त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले दिएका छन् ।
बाहिरबाट आउने सामानमा भन्सारमा ट्रम्पले हालै लगाएका अतिरिक्त महसुल आफूले अपेक्षा गरेको भन्दा धेरै भएको उनले बताए । ट्रम्पले टुयारिफको घोषणा गरेयता यसले अमेरिका र विश्व अर्थतन्त्रमा पर्ने प्रभाव अनि अमेरिका र चीनबिच व्यापार युद्ध भड्किने भयका बिचमा विश्व शेयर बजार चौपट भइरहँदा पावेलको यो अभिव्यक्ति आएको हो ।
टुयारिफसम्बन्धी चिन्ताकै कारण घरधुरी र व्यवसायमाझ गरिएका सर्वेक्षणहरूले पनि आर्थिक परिदृश्यप्रति उनीहरूको मनोबलमा उच्च कमी आएको पनि पावेलले बताए । दोस्रो पटक ह्वाइट हाउस छिरेयता ट्रम्पले विश्वका अधिकांश देशबाट अमेरिका भित्रिने सामानमा १० प्रतिशतको न्यूनतम अतिरिक्त भन्सार महसुल लगाएका छन् । यसबाहेक अन्य दर्जनौँ देशमाथि चर्को महसुल पनि लगाएका छन् ।
हालका लागि यो योजना स्थगित गरिएपछि बुधबार मात्रै ट्रम्पले चीनबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल बढाएर २४५ प्रतिशतमा पुर्याएका छन् । चीनले अमेरिकी सामानमा १२५ प्रतिशतको महसुल लगाउने घोषणा गरेपछि सोको बदलामा ट्रम्पले यो निर्णय गरेका हुन् ।
‘अहिलेसम्म घोषणा भएको अतिरिक्त भन्सार महसुल हामीले अनुमान गरेको भन्दा निकै धेरै हो । यसले साँच्चै नै आर्थिक असर निम्त्याउने छ, यसमा उच्च महँगी र सुस्त आर्थिक वृद्धि पनि पर्नेछन्’ पावेलले भने ।
अर्थशास्त्रीहरूले ट्यारिफले महँगी बढाएर अमेरिकी अर्थतन्त्र नै मन्दीमा भासिने चेतावनी दिइरहँदा ट्रम्पले चाँहि आफ्नो यस कदमले अमेरिकामा उत्पादन बढाउने, रोजगारी बढ्ने दाबी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण