हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

मकवानपुर । हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई ५ दिनको म्याद थप भएको छ ।
अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न रहेका ६ जनामाथि अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको हो ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको थियाे ।
उनीहरु आफै बिहीबार बिहान जिल्ला प्रहरी कार्यलय मकवानपुर पुगेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । ६ जना युवाहरुले ३१ चैतमा हेटाँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै अस्पतालको बोर्डमा केरमेट गरेर मदन भण्डारी प्रतिष्ठानको नाम हटाएका थिए ।
यस्तै उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्ड समेत टाँसेका थिए । घटना लगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै विज्ञप्ती मार्फत प्रशासनको ध्यानाकर्षण गराएको थियो ।
यसैबीच पक्राउ परेका युवाका समर्थकहरुले बिहीबार साँझ जिल्ला प्रहरी कार्यलय अगाडी पूर्वपश्चिम सडक खण्ड केहिबेर अवरुद्ध समेत गरेका थिए । उनीहरुले राजनीतिक दबाबका कारण युवाहरुलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष