बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न

मलातीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति गठन
शुक्रबार, ०५ वैशाख २०८२, २३ : ३२
शुक्रबार, ०५ वैशाख २०८२

भारत । नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । भारतको पन्जाबमा १३, १४ र १५ अप्रिलमा सो सङ्गठनको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

४६ वर्षदेखि प्रवासी नेपालीहरूको हक, हित, अधिकार तथा सांस्कृतिक संरक्षणमा समर्पित ‘अखिल भारत नेपाली एकता मञ्च’ ले यस सम्मेलनमार्फत आफ्नो नाम परिवर्तन गरी ‘ नेपाली समाज भारत’ घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्रकी नेतृ एवम् पूर्वमन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले प्रवासी नेपाली समुदायका हक, अधिकार संरक्षण र प्रवर्द्धन, नेपाली भाषा, साहित्य र संस्कृतिको समुन्नति, नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन पहल, साझा समस्याहरूको समाधानका लागि संवाद र सहकार्यका साथै प्रवासी नेपाली समुदायमा एकता, सम्मान र ऊर्जाको नयाँ सन्देश दिएको सो सङ्गठनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

सम्मेलनले चक्रबहादुर मलातीको अध्यक्षता र आर.बी. खड्काको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । यस समितिले सङ्गठनको भावी दिशा निर्धारण र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप