सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?

आइतबार, ०७ वैशाख २०८२, ०६ : २४
आइतबार, ०७ वैशाख २०८२

आज विक्रम संवत २०८२ साल वैसाख ७ गते, आईतबार । ईश्वी सन् २०२५ अप्रिल २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–सप्तमी, २२ घडी १० पला, दिउसो २ बजेर २९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाषाढा, ५ घडी ४७ पला, बिहान ७ बजेर ५५ मिनेट उप्रान्त उत्तराषाढा । योग–सिद्ध, ३७ घडी २७ पला, बेलुकी ८ बजेर ३५ मिनेट उप्रान्त साध्य । करण–बव, दिउँसो २ बजेर २९ मिनेट उप्रान्त बालव, रातको २ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु , दिउसो २ बजेर ५ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १५ पला ।

आजको बार बेला  

  • बिहान ५ बजेर ३७ मिनेटसम्म उद्धेग बेला ।
  • बिहान ५ बजेर ३८ मिनेटदेखि बिहान ७ बजेर १३ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर १४ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म लाभ बेला ।
  • बिहान ०९ बजेर  ५१ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ४ मिनेटसम्म काल बेला ।
  • मध्यान्ह १२ बजेर ५ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ४१  मिनेटदेखि दिउँसो ३ बजेर १७ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ४  बजेर १८ मिनेटदेखि बेलुकी ४ बजेर ५४ मिनेटसम्म उद्धेग बेला ।
  • बेलुकी ४ बजेर ५५ मिनेटदेखि बेलुकी ७ बजेर ५४ मिनेटसम्म शुभ बेला ।

नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ५३ मिनेटदेखि बेलुकी ६ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ४ बजेर २ मिनेटदेखि बिहान ४ बजेर ५० मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा बृद्धि हुनेछ । बित्तीय  क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । मध्यान्हबाट समय राम्रो रहेकाले व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकाले अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले विलाशी सामान वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दी आउने तथा घाटा लाग्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले सामान्य धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागि हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । वैदेशिक रोजगारले दैनिकी सहज बनाउन मद्दत गर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । मध्यान्हबाट सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । साझपख सवारी साधन चलाउदा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकूद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाइको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाछि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेकोछ । राजनीतिमा पद प्राप्तिको योग रहेकोछ । बिहानको समयमा यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप