मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था

सोमबार, २९ वैशाख २०८२, १५ : ०४
सोमबार, २९ वैशाख २०८२

इस्लामवाद । भारत र पाकिस्तानबिच युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा ठुलो वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क सूचकाङ्क केएसई १०० सुरुवाती कारोबारमा लगभग ९ प्रतिशतले बढ्यो ।

गतहप्ता भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा पुग्दा पाकिस्तानको सेयर बजारमा ठुलो त्रास फैलियो । एक घण्टाका लागि कारोबार समेत रोक्नुपर्‍यो । 

पाकिस्तानको सेयर बजार उकालो लाग्नुको कारण भारत र पाकिस्तानबिचको युद्धविराम मात्र नभई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बेलआउट (वित्तीय उद्धार) प्याकेजको लागि शुक्रबार भएको सम्झौता पनि भएको विश्लेषकहरू बताउँछन् ।

शुक्रबार वासिङ्टनमा बसेको आईएमएफ बोर्ड बैठकमा पाकिस्तानलाई बेलआउट प्याकेजको किस्ता दिने विषयमा सहमति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप