भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
सोमबार, २९ वैशाख २०८२, १५ : ०४
इस्लामवाद । भारत र पाकिस्तानबिच युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा ठुलो वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क सूचकाङ्क केएसई १०० सुरुवाती कारोबारमा लगभग ९ प्रतिशतले बढ्यो ।
गतहप्ता भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा पुग्दा पाकिस्तानको सेयर बजारमा ठुलो त्रास फैलियो । एक घण्टाका लागि कारोबार समेत रोक्नुपर्यो ।
पाकिस्तानको सेयर बजार उकालो लाग्नुको कारण भारत र पाकिस्तानबिचको युद्धविराम मात्र नभई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बेलआउट (वित्तीय उद्धार) प्याकेजको लागि शुक्रबार भएको सम्झौता पनि भएको विश्लेषकहरू बताउँछन् ।
शुक्रबार वासिङ्टनमा बसेको आईएमएफ बोर्ड बैठकमा पाकिस्तानलाई बेलआउट प्याकेजको किस्ता दिने विषयमा सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण