शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा

सोमबार, २९ वैशाख २०८२, १५ : १६
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ । यतिबेला मानिसहरूलाई भाइरल हुने ‘भूत’ सवार छ । सामाजिक सञ्जालमा कुनै नयाँ ट्रेन्ड आउने बित्तिकै भ्यूज कमाउनका लागि त्यसलाई पछ्याइ हाल्छन् ।

यसरी सामाजिक सञ्जालको ट्रेन्डलाई पछ्याउँदा एक आमालाई भने भारी परेको छ । उनलाई अदालतले सजाय नै सुनाएको छ ।

यो घटना स्विडेनको हो । सन् २०२३ मा टिकटकमा एउटा विवादास्पद ट्रेन्ड भाइरल भएको थियो, जसमा विश्वभरका आमाबुवाले आफ्ना छोराछोरीको टाउकोमा अण्डा फुटाएर रमाइलो गर्थे । 
हेल्सिङबोर्ग सहरकी २४ वर्षीया आमाले पनि त्यही ट्रेन्डलाई पछ्याइन् । आफ्नो छोरीको निधारमा अण्डा फुटाएर टिकटकमा पोस्ट गरिन् । 

तर, यो विषय अदालतमा पुग्यो । उनीमाथि भ्यूजका लागि आफ्नो छोरीलाई दुर्व्यवहार गरेको आरोप लगाइयो । उनले न्यायाधीशलाई यो रमाइलोका लागि टिकटकमा सबैले गरिरहेको बताइन् । तर, यो कुरा न्यायाधीशलाई ठिक लागेन ।

उनले बनाएको टिकटक भिडियोमा एप्पल केक बनाउँदै भन्दै छोरीलाई बोलाउँछिन् । त्यसपछि छोरीको निधारमा अण्डा फुटाउँछिन् जसले गर्दा अण्डा उनको अनुहार भरि लाग्छ । यसबाट छोरी आश्चर्यचकित हुन्छिन् र आफूलाई दुखेको भन्दै रोक्न आग्रह गर्छिन् । आमा भने पेट मिचिमिची हाँसिरहन्छिन् ।

उनको भिडियोले टिकटकमा १ लाखभन्दा बढी भ्युज पाएको थियो । तर, एक फलोअरलाई यो कुरा मन परेन । उनले यो कुरा उनले प्रहरी कहाँ रिपोर्ट गरिदिन्छन् ।

उजुरीको आधारमा प्रहरीले महिलामाथि आफ्नै छोरीलाई दुर्व्यवहार गरेको मुद्दा दर्ता गर्छ । अदालतमा सरकारी वकिलले उनको व्यवहारलाई गैरजिम्मेवारपूर्ण भएको भन्दै सजाय माग गर्छन् ।

आफ्नो बचाउमा ती आमाले आफ्नो उद्देश्य कसैलाई हानी गर्न नभएर मजाक मात्र भएको बताउँछिन् । उनको यो दलिललाई न्यायाधीशले स्वीकार गर्दैनन् । गत महिना हेल्सिङबोर्गको जिल्ला अदालतले ती महिलालाई आफ्नो छोरीलाई २ हजार ७० डलर क्षतिपूर्ति तिर्न आदेश गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप