दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा २ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
दोस्रोमा १ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै तेस्रोमा पाम तथा प्रशोधित तेल आयात भएको देखिन्छ । यो अवधिमा पाम तथा प्रशोधित तेल १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तैगरी ८८ अर्ब ४७ करोड रुपैयाँको बोइलिङ मेशिन, ८६ अर्ब १० करोड रुपैयाँ बराबरको इलेक्ट्रिकल मेशिन तथा उपकरण ७० अर्ब ४२ करोड रुपैयाँ बरबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ ।
यस्तै ४८ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्लाष्टिकजन्य वस्तु १३ अर्ब १६ करोड रुपैयाँ बराबरको रब्बरको सामग्री, ४७ अर्ब ८५ करोड बराबरको मोती, औषधजन्य वस्तु ३२ अर्ब ४ करोड रुपैयाँको, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै सो अवधिमा ३१ अर्ब ५२ करोड बराबरको तरकारी १८ अर्ब २० करोड बराबरको फलफूल आयात भएको छ । यस्तै २१ अर्ब ७० करोड बराबरको तेल जन्य वियाँ आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण