आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रिहा भएपछि धवल शमशेरले के भने ?

सोमबार, ०८ वैशाख २०८२, १६ : १५
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले हिरासतमा आफूहरूलाई प्रहरीबाट राम्रो व्यवहार भएको बताएका छन् । हाजिर जमानीमा रिहा भएपछि पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले हिरासतमा खान, बस्न राम्रो व्यवस्था रहेको बताए ।

प्रहरीले सुरुमै ‘अस्पताल जाने हो कि’ भनेर आफूहरूलाई सोधेको तर आफू त्यसरी अस्पताल गएर बस्ने सोचमा नरहेकोले प्रहरीकै हिरासतमा बसेको जबराले प्रस्ट पारे ।

‘मेरो अवस्था राम्रै भएकाले अस्पताल जाने सोच थिएन,’ उनले भने । तर केही दिनपछि अप्रेसन गरेको ठाउँमा केही बिग्रिएको हो कि जस्तो भएपछि बम्बइमा फोन गरेर सल्लाह लिएको उनको भनाइ छ ।  ‘त्यहाँबाट फलो अपमा आउनु पर्छ भनेपछि बसिरहनु पर्ने अवस्था देखिएन । बिग्रियो भने त ज्यानै जान सक्छ । त्यसकारण बाहिर निस्किएको हुँ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अझै हिरासतमै रहेको भन्दै महामन्त्री जबराले सरकारमाथि दबाब बढाउने गरी कार्यक्रम गर्न नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप