९.९६ अङ्कले घट्याे नेप्से परिसूचक
काठमाडौँ । मङ्गलवार नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अङ्क घटेर २६८८.३२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले घटेको छ ।
कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ खरिदबिक्री भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आजको कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको तर कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनीको ४४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण