घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा । अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस मागेका पोखरा महानगरका अधिकृत कपिल गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनी महानगरको उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत थिए । सोही शाखामा रहेका बेला उनले उजुरी नै नपरेका व्यक्तिलाई नक्कली उजुरी बनाएर अख्तियारमा परेको भन्दै घुस मागेका हुन् ।
उनी २५ हजार घुस सहित रंगेहात पक्राउ परेका थिए । गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम मागेको पाइएको छ ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।
अख्तियारले सोधेको प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी पाएका छन् ।
सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग ‘अख्तियारमा उजुरी छ म मिलाइदिन्छु’ भनी घुस मागेका थिए । अब अदालतबाटै प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन