कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा

काठमाडौँ । कक्षा १२ को परीक्षाका लागि तोकिएका दुई जना केन्द्राध्यक्षले राजीनामा दिएका छन् । दैलेख र धनकुटाका केन्द्राध्यक्षहरूले राजीनामा दिएका हुन् । दैलेखको आठबीस नगरपालिकाको तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्षबाट राजीनामा दिएका हुन् ।
त्यस्तै धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले समेत केन्द्राध्यक्ष पदबाट राजीनामा दिएका हुन् । दुवै जनाले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनीहरुले परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिएको भन्दै त्यस्तो अवस्थामा जान सकिने भनेका हुन् ।
गत चैत २० गतेदेखि सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । तर, बोर्डले भने जसरी भए पनि परीक्षा गर्ने अडान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई