कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
काठमाडौँ । कक्षा १२ को परीक्षाका लागि तोकिएका दुई जना केन्द्राध्यक्षले राजीनामा दिएका छन् । दैलेख र धनकुटाका केन्द्राध्यक्षहरूले राजीनामा दिएका हुन् । दैलेखको आठबीस नगरपालिकाको तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्षबाट राजीनामा दिएका हुन् ।
त्यस्तै धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले समेत केन्द्राध्यक्ष पदबाट राजीनामा दिएका हुन् । दुवै जनाले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनीहरुले परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिएको भन्दै त्यस्तो अवस्थामा जान सकिने भनेका हुन् ।
गत चैत २० गतेदेखि सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । तर, बोर्डले भने जसरी भए पनि परीक्षा गर्ने अडान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण