नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्दै औपचारिक रूपमा दर्ता गर्न दबाब बढाएसँगै फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटा प्लेटफर्मले आफ्ना प्रतिनिधिहरू नेपाल पठाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा चल्न नदिनेगरी नेपालमा दर्ता गर्न अप्रिल १५ सम्मको समय दिएको थियो ।
त्यसका लागि मन्त्रालयका अधिकारीहरूले मेटाले सिंगापुर कार्यालयका वरिष्ठ अधिकारीहरूलाई छलफलका लागि आफ्ना प्रतिनिधि काठमाडौँ पठाएको हो ।
समाचार अनुसार मेटाका सार्वजनिक नीति प्रबन्धक तथा एसिया प्रशान्त क्षेत्रका लागि सम्पर्क अधिकृत रुजान सरवारले बिहीबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेट्नेछन् ।
हालसम्म तीन प्लेटफर्महरू (टिकटक, भाइबर र विच्याट) मात्र नेपालमा दर्ता भएका छन् । नेपालमा सबैभन्दा धेरै प्रयोग फेसबुक र मेसेन्जर प्रयोग हुने गरेको छ । तर यो दर्ता हुन सकिरहेको थिएन ।
मन्त्री गुरुङले सार्वजनिक रूपमा दर्ता नगर्ने कम्पनीहरूलाई नेपालमा सञ्चालन गर्नबाट रोक लगाइने चेतावनीसमेत दिँदै आएका छन् ।
नोभेम्बरमा ’सामाजिक सञ्जाल प्रयोगको नियमनसम्बन्धी निर्देशन, २०२३’ लागु भएको छ । जसमा कम्पनीहरू मन्त्रालयमा दर्ता गर्नुपर्ने, नेपालभित्र सम्पर्क बिन्दु स्थापना गर्नुपर्ने, गुनासो अधिकारी नियुक्त गर्नुपर्ने र स्वनियमनका लागि एक निरीक्षण अधिकारी तोक्नुपर्ने भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन