आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि

काठमाडौँ । आरभ सम्राट हाडा र स्वस्तिका विष्टले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने । सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ च्याम्पियन हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा तेस्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए । निहालजंगबहादुर थापा र राजवीर प्रधान तेस्रो भए । आठौँ र दसौँ संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिए । प्रदीपलाई राजवीरले क्वाटरफाइनलमा हराएका थिए ।
महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौँ र दसौँ संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन् । ४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो स्थानमा चित्त बुझाए । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौँ जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो भए ।
विजेतालाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मूल, सिटिजन्स बैंकका सञ्चालकत्रय प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ६३ खेलाडी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी