दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’

काठमाडौँ । काठमाडौँको माकलबारीमा १९ वर्षीय राहुल शाहलाई हत्या गरेर गाड्ने समूहका दुई जनालाई सरकारी वकिलले उन्मुक्ति दिएको छ । हत्यामा संलग्न आरोपीहरू सर्लाही घर भएका ४५ वर्षीय उत्तम मण्डल र भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मालाई वैशाख ५ मा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
सरकारी वकिल कार्यालयले हत्या आरोपीलाई उन्मुक्ति दिएपछि पीडित परिवारले असन्तुष्टि जनाएका छन् । बुधवार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर पीडित परिवारका सदस्यहरूले न्याय नपाएको बताएका हुन् । पत्रकार सम्मेलनमा मृतकका बुवा र आफन्तहरूले एक स्वरमा भने– ‘हामीले न्याय पाएनौँ ।’
वैशाख ९ मा जिल्ला अदालत काठमाडौँले २३ वर्षीय जोधन मण्डललाई १ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । १८ वर्षीय नाबालकलाई बाल सुधार गृहमा पठाइएको छ । आरके मोटरसाइकल वर्कसपको सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निपु मण्डल र १८ वर्षीय विजयकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
काठमाडौँको गोकर्णेश्वरस्थित बाहुनधारा बस्ने राहुल साहलाई सापटी रकम फिर्ता माग्दा निपु शाहसहित ६ जना मिलेर वर्कसप भित्र गाडेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीले हत्यामा संलग्न ६ जनालाई नै मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी वकिलले दुई जनालाई मुद्दा नचलाउने निर्णय गरेको हो ।
चैत १५ मा वर्कसपभित्र गाडेको अवस्थामा साहको शव उत्खनन गरिएको थियो । सुनिल शर्मा छन् । शर्मा बाहेक अन्य आरोपीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । वर्कसपमा मोटरसाइकल बनाउन प्रयोग हुने सामग्री प्रयोग गरेर उनीहरूले शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
ग्यारेज चलाउँछु भनेर लिएको सापटी माग्न जाँदा गम्छाले बेरेर आफ्नो छोरो हत्या गरिएको र हत्यामा संलग्नलाई उन्मुक्ति दिइएको पीडित परिवारको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन