सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताएका छन् । आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उनले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताए ।
उनले भने- ‘सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।’
यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिए । उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ । शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प