सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
काठमाडौँ । पछिल्लो एक साता सेयर बजार मापक नेप्से परिसूचक निरन्तर रूपमा ओरालो लागेको छ । अघिल्लो साताभर उत्साह देखिएको पुँजीबजार यो साता लगानीकर्तालाई निराश बनाएको छ ।
गत साता नयाँ वर्षसँगै नेपाली पुँजीबजारमा उत्साह थपिएको थियो तर यो साता नेपाल राष्ट्र बैङ्कमा नयाँ गभर्नर नियुक्तिका विषयमा देखिएको अन्योलतासँगै बजारमा नकारात्मक भएको देखिन्छ ।
यो साता नेप्से परिसूचक ६४.७१ अङ्कले गिरावट आएको छ । अघिल्लो साता ५२.६७ अङ्कले बढेर २७२२.७३ अङ्कमा पुगेको नेप्से परिसूचक यो साता ६४.७१ अङ्कले घटेर २६५८.०२ अङ्कमा झरेको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने बाँकी ४ कारोबार दिन नै बजार घटेर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन १६.६८ अङ्क घटेर २७०६.०४ विन्दुमा झरेको थियो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । जसमा ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको दोस्रो कारोबारका दिन पनि नेप्सेमा गिरावट आएको थियो । सोमवार पनि नेप्से परिसूचक ७.७५ अङ्क घटेर २६९८.२८ विन्दुमा झरेको थियो । सोमवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको थियो । सोमवार ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार कित्ता शेयर ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको तेस्रो कारोबारका दिन मङ्गलवार पनि नेप्से परिसूचक ९.९६ अङ्कले घटेर २६८८.३२ विन्दुमा झरेको थियो । कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ खरिदबिक्री भएको थियो ।
बुधबार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६५५.९४ विन्दुमा झरेको थियो । त्यस दिन कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ । पछिल्ला ४ कारोबार दिन लगातार गिरावट भएको नेप्से परिसूचक बिहीबार २.०८ अङ्कले बढेर २६५८.०२ विन्दुमा पुगेको छ ।
बिहीबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । जुन दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा १० अर्ब सम्मको शेयर खरिदबिक्री भएको बजार यो साता बढीमा ८ अर्बसम्म मात्रै कारोबार भएको छ । साताको पहिलो कारोबारका दिन ८ अर्बको कारोबार भएको थियो भने अन्तिम कारोबारको दिन ७ अर्बको कारोबार भएको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण १०७ अर्बले घटेर ४४ खर्ब १९ अर्ब ७० करोड कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण