भक्तपुरमा राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने

भक्तपुर । राष्ट्रिय किक बक्सिङ संघ नेपाल, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै यही वैशाख १९ र २० गते राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाहरूबाट विभिन्न क्लबका गरि करिब १२० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्ण राम जाकिबञ्जारले जानकारी दिए । प्रतियोगितामा ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू सञ्चालन गरिने आयोजनले जनाएको छ ।
यसमा पुरुषतर्फ ५१ केजी, ५४ केजी, ६३ दशमलव ५ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने अध्यक्ष जाकिबञ्जारले जानकारी दिए । त्यस्तै महिलातर्फ ५२, ५७, ६० केजी र खुला तौल वर्गमा खेल सञ्चालन हुने उनले बताए ।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्वर्ण, रजत र कांस्य पदक प्रदान गरिने र उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह
-
नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन महराको सुझाव
-
नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला
-
यो वर्ष वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य
-
अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु