दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते
सोमबार, १५ वैशाख २०८२, ०७ : २७
वासिङ्टन डीसी । अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ। घटनामा ११ जना घाइते भएको बताइएको छ।
अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको मृत्यु भएको बताइएको छ। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।
मर्टल बीचका अधिकारीहरूका अनुसार शनिबार राति (स्थानीय समय अनुसार) मर्टल बीचमा कसैले गोली चलाएको थियो। प्रहरी विभागका अनुसार, तत्काल खतरा महसुस गरेपछि एक अधिकारीले एक जना मानिसलाई गोली हाने। गोली लागेर उनको मृत्यु भयो।
यद्यपि, मृत्यु हुने व्यक्तिको नाम खुलाइएको छैन। उनी सन्दिग्ध थिए वा थिएनन् भन्ने कुरा स्पष्ट पारिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण